कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विभिन्न घटनामा दुईको मृत्यु

कान्तिपुर संवाददाता

रौतहट — जिल्लामा विभिन्न घटनामा दुई जनाको मृत्यु भएको छ । ईशनाथ नगरपालिका ९ डुमरियास्थित सखुवा खोलामा डुबेर बुधबार एकको मृत्यु भएको हो भने अर्का एकजनाको करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ । 

विभिन्न घटनामा दुईको मृत्यु

डुमरियाकी १८ वर्षीया हसिना खातुन बाख्रा चराउन गएको बेला सखुवा खोलामा हात मुख धुने क्रममा चिप्लिएर बेपत्ता भएकी थिइन् । स्थानीय र जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी निरीक्षक मनोजकुमार यादवको कमाण्डमा गएको टोलीले खोजतलास गर्दा पानी भित्र मृत अवस्थामा फेला पारेको थियो । उनको शव पोस्टमार्टमका लागि गौर अस्पताल ल्याइएको डिएसपी शान्तिराज कोइरालाले बताए । उनले भने,‘मृतकको शव पोस्टमार्टमपछि अभिभावकको जिम्मा लगाइने छ ।’


यस्तै बौद्धिमाई नगरपालिका ७ बंकुल टोलका ४५ वर्षीय सोगारथ राम खेतमा मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागि मृत्यु भएको प्रहरीले जनायो । घटनास्थलमा तत्कालै प्रहरी पुगी मृतकको शव जिल्ला अस्पाताल ल्याइएको छ । घटनास्थल मुचुल्का र अनुसन्धानका लागि जिप्रकाबाट प्रनि यादवको कमाण्डमा टोली खटिई अन्य अनुसन्धान भइरहेको डिएसपी कोइरालाले जनाए ।


प्रकाशित : श्रावण २३, २०७५ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?