कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कोशी प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाको आगामी अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस गसरेका छन् । कोशी प्रदेश सरकारको तर्फबाट बजेट अधिवेशन जेठ ११ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरिएको हो ।

कोशी प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

सत्ता साझेदार दलहरूले सरकार फेरबदलको प्रकृया सुरु गरेपछि मुख्यमन्त्री कार्कीले झन्डै साढे १ महिनापछि प्रदेश सभाको बजेट अधिवेशन बोलाउन आह्वान गर्न सिफारिस गरेका हुन् ।

मुख्यमन्त्री केदार कार्कीले जेठ ११ गते बिहान ११ बजे प्रदेश अधिवेशन बोलाउन प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरिएको जानकारी दिए । ‘जेठ ११ गते बिहान ११ बजे प्रदेश सभाको अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,' कार्कीले भने ।

कोशी प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की प्रदेश सभामा अल्पमतमा पुगेका छन् । उनलाई समर्थन गरेको एमालेका प्रदेश सभा सदस्यहरूले समर्थन फिर्ता लिइरहेका छन् । यस्तो अवस्थामा साढे १ महिना पछिको समय राखेर कार्कीले प्रदेश सभा अधिवेशनको सिफारिस गरेका हुन् ।

प्रकाशित : चैत्र २६, २०८० १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?