कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७
प्रदेश १ नामकरण

कोशी प्रदेशमाथिको प्रस्तावमा संशोधन प्रस्ताव दर्ता, संसद्‍को अर्को बैठक सुरु

देवनारायण साह

माेरङ — प्रदेश १ काे नाम 'काेशी प्रदेश' राख्ने प्रस्तावमाथिकाे छलफल सकिएकाे छ । सभामुख बाबुराम गाैतमले उक्त प्रस्तावमाथि संशाेधन दर्ताका लागि दिएकाे दुई घण्टाकाे समयमा एउटा संशाेधन प्रस्ताव दर्ता भएकाे छ । अहिले अर्काे बैठक सुरू भएकाे छ ।

कोशी प्रदेशमाथिको प्रस्तावमा संशोधन प्रस्ताव दर्ता, संसद्‍को अर्को बैठक सुरु

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र कुमनर राई र साेही पार्टीका प्रदेश सांसद कमलप्रसाद जबेगुले संयुक्त रूपमा संशाेधन प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभा बैठकमा राजेन्द्रकुमार राईले उक्त संशाेधन प्रस्ताव टेबल गरेका हुन् ।

काेशी प्रदेशकाे प्रस्तावमाथिकाे छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएकाे प्रश्नकाे जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिएका छन् ।

काेशी प्रदेशकाे पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा देखिएकाले उक्त प्रस्ताव पारित हुने देखिएकाे हाे । उक्त प्रस्तावकाे विपक्षमा ४ जना प्रदेश सांसद भएकाे नेकपा (एकीकृत समाजवादी) र एक जना मात्रै प्रदेश सांसद भएकाे जनता समाजवादी पार्टी रहेका छन् ।

प्रदेशसभाकाे नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतीहाइ सांसदकाे समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

प्रकाशित : फाल्गुन १७, २०७९ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?