कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

विपद्‌को उद्धार अभ्यास [तस्बिरहरु]

आनन्द गौतम

ताप्लेजुङ — नेपाली सेनाको दुर्गादल गुल्म, सशस्त्र प्रहरीको कञ्चनजंघा गुल्म र नेपाल प्रहरीको टोलीले खोलामै गएर विपतजन्य पूर्वाभ्यास गरेका छन् । यो वर्षको मनसुनले कोशी प्रदेश बढी प्रभावित हुने सूचना प्रवाह भइरहँदा उद्धारका लागि जिल्लाका टोलीहरु सक्रिय भएका हुन् ।

मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिका जोड्ने मैवाखोलाको मोटरेबल पुलबाट डोरी झुण्ड्याएर खोलो तार्ने अभ्यास गरिएको दुर्गादल गुल्मका सहसेनानी निमित्त गुल्मपति केशव खड्काले बताए । यो हरेक वर्ष बाढी आउने र कुनै न कुनै क्षति गर्ने खोलामा पर्छ । जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजार पनि यही खोलाको जोखिममा छ ।

मनसुनजन्य अभ्यासको क्रममा मिरेङदेन गाउँपालिकाका अध्यक्ष डम्बर हाङगाम, उपाध्यक्ष दुर्गा हाङ श्रेङ र स्थानीयको समेत सहभागिता थियो । सेना र सशस्त्र प्रहरीले यसअघि जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल लगायतलाई उद्धारका लागि आफूहरुसँग भएको सामग्रीका बारेमा जानकारी गराएका थिए । सेनाले विपत प्रभावित क्षेत्रमा जनचेतना अभियान पनि सञ्चालन गरिएको छ ।

प्रकाशित : जेष्ठ २७, २०८१ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्