कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

धर्मनिरपेक्षको अर्थ

पाठक पत्र

कान्तिपुर दैनिकमा शुक्रबार प्रकाशित मोहना अन्सारीको ‘धर्मनिरपेक्षताको वास्तविक अर्थ’ शीर्षकको लेख धर्मनिरपेक्षता शब्दको मूल र त्यसको प्रकृतिमा घुस्न सक्नुपर्थ्यो ।

पहिलो कुरा धर्म विभिन्न हुँदैन तर सम्प्रदाय विभिन्न भएका हुन् । हिन्दु, मुस्लिम, शिख, इसाई, बौद्ध, जैन आदि जे जे धर्म भने पनि यी धर्म नभएर सम्प्रदायका रूप हुन् । अहिले मान्छेहरू धर्मका नाममा साम्प्रदायिक आडम्बरलाई बढावा दिइरहेका छन् । धर्म शब्दको वास्तविक अर्थ सत्यलाई धारण गर्नु हो । सत्य के हो त ? अविनाशी र अपरिवर्तनीय वस्तु नै सत्य हो ? त्यो वस्तु के हो त भन्ने पहिचान नगरी कसरी धारण गर्न सकिन्छ ? त्यसैले उक्त सत्यको पहिचान गरी उसैका अनुसार रहेर जीवन जिउने कला नै धर्म हो । यही नियमानुसार विभिन्न कालखण्डमा समाज धर्मनिरपेक्ष हुँदै जाँदा सत्यको मार्गमा डोर्‍याउने महापुरुषहरूको जन्म भयो तर समाजले उसैको नाममा सम्प्रदाय स्थापना गरेर धार्मिक लोगो भिराइदियो र उसैका नाममा धर्मको नामकरण हुँदै गयो ।

निरपेक्ष शब्दको अर्थ अपेक्षा नगरिएको भन्ने बोध हुन्छ र धर्मनिरपेक्ष भन्नाले धर्मको अपेक्षा नगरिएको भन्ने अर्थ राख्छ । शब्दको मूल अर्थ र मर्ममा जाने हो भने
धर्मनिरपेक्ष संविधानको अर्थ धर्मको अपेक्षा नगरिएको संविधान भन्ने अर्थ राख्छ । संविधान राज्यको मूल कानुन हो र कानुन विधिको शासन स्थापना गर्नका लागि बनाइन्छ । संविधानको मूल ध्येय नै धर्मको स्थापना गर्नु हो भनेर बुझ्न नसक्नु संविधानसभाको मुख्य भूल हो । संविधान राज्यको सरहदभित्र रहेका सबैलाई एउटै हुन्छ । एउटै प्रकृतिको दोषी करार हुँदा हिन्दुलाई यस्तो र अन्यलाई उस्तो भनेर व्याख्या कहींकतै गरिएको छैन । संविधानको स्पष्टीकरणमा धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भन्न्नु नै गलत भाष्य निर्माणको प्रयत्न हो । यसबाट संविधानले स्वतः धर्म सापेक्षता ग्रहण गर्छ ।

दीपक कँडेल, भरतपुर, चितवन

प्रकाशित : जेष्ठ १३, २०८१ ०६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?