कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बालेन–ओली वाक्युद्ध

पाठक पत्र

गिरीबन्धु टी इस्टेटको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्ष्य गरी कडा टिप्पणी गरे । टी इस्टेटको १० अर्बभन्दा धेरै मूल्यको जग्गा साटफेर गर्न दिने ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले सर्वथा अनुचित भनेको उल्लेख गर्दै बालेनले उक्त जग्गा जोगाउने भूमिकाका लागि अधिवक्ता ओमप्रकाश अर्याललाई धन्यवाद दिएका छन् ।

सँगै, ओली सरकारलाई कारबाहीको भागीदार बनाउनुपर्नेमा जोड दिएका छन् । यो भनाइ सही भए पनि टी इस्टेटको साटो काठमाडौंको वाग्मती किनारामा बसेका सुकुम्बासीलाई ओलीले उचालेको विषयमा बालेनले निसाना बनाएको भए सही देखिन्थ्यो ।

एक साताअघि मात्र ओलीले सार्वजनिक रूपमै वाग्मती करिडरका सुकुम्बासी हटाउनु राम्रो होइन भन्ने अभिव्यक्ति दिएका थिए । अहिले ओलीले गिरीबन्धु प्रकरणमा न्यायाधीशको नामै लिएर आलोचना गरिरहेका छन्, जुन गलत हो ।

काठमाडौंमा करिब ४० लाख मानिस बसेका छन् । यहाँका मुख्य समस्यामध्ये एक हो ट्राफिक जाम । यो समस्या हटाउन वाग्मती, विष्णुमती र धोबीखोलाको करिडर खोल्नु अपरिहार्य हुन्छ । तर ती करिडरहरूमा अवैध रूपमा सुकुम्बासी बसिरहेका छन् । उनीहरूलाई हटाउन मेयर बालेन शाह लागेका छन् ।

तर सरकार र पुराना दलका नेताहरूले साथ दिएका छैनन् । यसैबीच सत्तारूढ एमालेका अध्यक्ष ओलीले बिनासोचविचार सुकुम्बासीहरूको पक्षमा बोलिदिए । हुन त सुकुम्बासी बस्तीहरूमा ओलीकै कार्यकर्ता छन् । तर के सधैं यही अवस्थामा करिडरलाई राखिरहने हो ? समाधान कहिल्यै नखोज्ने ?
– गोपाल देवकोटा, काठमाडौं

प्रकाशित : जेष्ठ ४, २०८१ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×