दु सरस्वती, पुराण र वर्तमान महिला
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
कान्तिपुर दैनिकमा बुधबार प्रकाशित ‘पुराण पुनर्लेखनमा दक्षिण भारतीय अभियन्ता’ शीर्षकको समीक्षा पढेपछि मैले आफूलाई एकपटक पढ्ने प्रयास गरें । मैले जीवनमा भोग्नुपरेका अनेक पीडा, प्रताडना अनि आफूले आफैंलाई बुझेका केही सत्यलाई आफैंमाझ केलाउने प्रयास गरें ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![दु सरस्वती, पुराण र वर्तमान महिला](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/dusaraswotitheatreactivistu9a3165009-2122024035012-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
कान्तिपुर दैनिकमा बुधबार प्रकाशित ‘पुराण पुनर्लेखनमा दक्षिण भारतीय अभियन्ता’ शीर्षकको समीक्षा पढेपछि मैले आफूलाई एकपटक पढ्ने प्रयास गरें । मैले जीवनमा भोग्नुपरेका अनेक पीडा, प्रताडना अनि आफूले आफैंलाई बुझेका केही सत्यलाई आफैंमाझ केलाउने प्रयास गरें । म किन राम्री हुनुपर्यो ? समीक्षा गरें ।
म र मेरा भाइबीचको शारीरिक अनि सांस्कृतिक, धार्मिक, व्यावहारिक अन्तरबारे आफैंलाई प्रश्न गरें । म पनि मान्छे, ऊ पनि मान्छे । फेरि पनि हाम्रा ग्रन्थहरूले किन अलग रूपमा हामीलाई चित्रण गर्यो ? यस्ता विषयमा सोच्न बाध्य गरायो दु सरस्वतीका अभियानका तथ्यहरूले ।
क्रान्ति राजनीतिक परिवर्तनको पर्याय बन्दै गरेको वर्तमान अवस्थामा ती पौराणिक मान्यता जहाँ महिलामाथि लैंगिक विभेद छ, जातीय विभेद छ, नैतिक विभेद छ अनि विभेद सर्वत्र छ । अब क्रन्ति समानताका लागि हुनुपर्छ । असमान र विभेदलाई वकालत गर्ने हाम्रा ती ग्रन्थहरूको पुनर्लेखनका लागि क्रान्ति हुनुपर्छ । दु सरस्वतीको पुराण पुनर्लेखनको अभियान, नारी अस्तित्वको प्रश्न र नारीहरूले व्यहोर्नुपरेका अनेक प्रकारका विभेदबीचको अन्तरसम्बन्धलाई अब हामीजस्ता नारीले विवेचना गर्नु जरुरी छ ।
हाम्रा कतिपय सांस्कृतिक मान्यतामाझ महिलाले आफ्नै शरीरलाई घृणा गर्न पुगेका र भाग्यलाई धिक्कारेका अनेक तथ्य विभेदपूर्ण इतिहासको दस्ताबेज मात्र हो भन्ने सत्यतालाई अबका नारीले बुझ्ने मात्र होइन, आन्दोलनका रूपमा अघि बढाउनु जरुरी छ । महिनावारी हुनुलाई समाजले अपमानजनक ठान्यो, अझै ठान्दै छ ।
कुन अर्थमा यो महिलामाथि दुर्व्यवहारको कारक बन्यो ? महिलाले यस्तो दुर्व्यवहार स्विकार्नुपर्नाका कारण के हो ? यसका वैज्ञानिक र नैतिक आधार केके हुन् ? आजसम्म हामीले यस्ता विभेदपूर्ण ग्रन्थ पुनर्लेखनको आवाज उठाउन सकेनौं । फेरि पनि उनीहरूले नै लेखेका धार्मिक ग्रन्थहरूकै सहारामा महिलामाथि अनेक प्रकारका विभेद भएका तथ्यहरू सार्वजनिक भई नै रहेका छन ।
दु सरस्वतीको सान्तिमी नाटक अनि हरेक महिलाले आफूलाई म पात्रका रूपमा खडा गर्न म र मेरा भाइबीचको अन्तरलाई अन्तरमनबाट समीक्षा गर्न सक्नुपर्छ । पुराण पुनर्लेखनमा उत्रिएकी दक्षिण भारतीय अभियन्ता दु सरस्वतीको यो कथाले हामीमा आशा जगाएको छ ।
– रविना पौडेल, गोकर्णेश्वर, काठमाडौं
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)