‘न्याय माग्न काठमाडौं नै आउनुपर्ने कस्तो व्यवस्था हो यो ?’

'प्रधानमन्त्रीलाई राज्य चिनाउन हिँडेका महिला’ समाचारमा facebook.com/eKantipur बाट लिइएका टिप्पणी :

सधैं न्याय माग्न काठमाडौं आउनुपर्ने ? यो कस्तो व्यवस्था हो ?
– नारायण शर्मा
तीन तहको छन् । संघ, प्रदेश र स्थानीय तहको आआफ्नै अधिकार क्षेत्र छ । यस्ता हुँदा पनि के स्थानीय र प्रदेश सरकार निदाइरहेका छन् त !
– शिशिर
प्रदेश सरकारचाहिँ कहाँको हो ? यसले जनताको काम गर्नुपर्दैन ? अनि घरदैलोको सिंहदरबार स्थानीय सरकारले सत्यतथ्य बुझ्नुपर्दैन ? सबै सधैं काठमाडौं नै जानुपर्ने किन ?
– सागर राना
यो देशमा कमजोर, असहायहरूको कोही पनि हुँदो रहेनछ । सरकारले पनि शक्तिशालीहरूकै फाइदाका लागि काम गर्छ ।
– सोविता काफ्ले
यस्ता कुरा सरकारसामु पुर्याउने सञ्चार माध्यमले हो ।
– दुर्गा विक
प्रधानमन्त्री पुष्पकमल दाहालज्यूलाई मन्त्री छान्नै फुर्सद छैन । यी महिलाहरूको के वास्ता ?
– प्रेमप्रसाद गौतम
मिटरब्याजी पीडितले कति संघर्ष गर्ने ? यो समस्या कहिले समाधान हुन्छ ?
– प्रदीप खतिवडा
आम नागरिकको जीवनमरणको सबालमा नेताहरू कति पनि गम्भीर छैनन् ।
– खेम राज
सरकारले यस्ता बिषयमा गम्भीर भई पीडितको समस्याको उचित सम्बोधन गनुपर्छ । न्याय दिनुपर्छ ।
– शिव धामी
प्रधानमन्त्री आफैंले सडकमा गएर मिटरब्याजी पीडितलाई भेटेर समस्या बझे राम्रो ।
– कृष्ण पोखरेल
चुनावपछि यस्ता विषय र यी पीडितलाई के सम्झनु !
– मित्रबन्धु ढकाल
सरकारले समस्या समाधान नगरे आन्दोलन गर्नुपर्छ, र त्यसले सरकारलाई सडकमा ल्याउने छ ।
– सुर्जन तिवारी