पाइलैपिछे ठगिँदै उपभोक्ता

चैत १ लाई नेपालमा पनि विश्व उपभोक्ता दिवसका रूपमा मनाइयो । तर उपभोक्ता दिवस किन मनाइन्छ भन्नेचाहिँ कमैलाई थाहा छ ।
प्रधानमन्त्री ‘कृषि क्रान्ति गर्छु’ भन्छन् तर किसानलाई दिँदै आएको मलका लागि अनुदानमा कटौती गर्छन् । किसानको तरकारी तथा फलफूलले उचित बजार पाउँदैन । भारत लगायत देशबाट विषादी मिसाएको तरकारी भित्रिन्छ ।
त्यसको चेकजाँचसमेत गर्न पाइँदैन । किसानको उत्पादन उचित मूल्यमा उपभोक्ताले खरिद गर्न पाउँदैनन् । के यही हो उपभोक्ताले पाएको सहुलियत ? बजारमा खाद्यान्न लगायत अति आवश्यक सामग्रीको भाउ हरेक दिन बढिरहेको छ । उपभोक्ता हित संरक्षण मञ्चलाई भने अत्तोपत्तो छैन ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमन गर्न भ्याउने कुरै भएन । उपभोक्ताहरू पहिलैपिच्छे ठगिँदै छन् । देश सञ्चालकहरू भने रमिते भएका छन् ।
हुनेखानेहरूलाई समस्या नहोला तर हुँदा खानेहरूलाई महँगीले निकै मारमा पारेको छ । उपभोक्ता दिवस मनाइरहँदा राज्य सञ्चालकहरूले यो समस्या पनि मनन गर्ने कि !
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं