कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन मारिन्छन् निर्मलाहरू ?

काठमाडौँ — सरकार नतमस्तक छ, मारिन्छन् निर्मलाहरू
बलात्कृत हुन्छन्, नाबालिका अनि अबलाहरू ।

किन मारिन्छन् निर्मलाहरू ?

सरकार नतमस्तक छ, मारिन्छन् निर्मलाहरू
बलात्कृत हुन्छन्, नाबालिका अनि अबलाहरू ।
च्यात्नु शरीर जबर्जस्ती गरी च्यातेपछि
ज्युँदो लासको अपराधी दबाउँछन् गलाहरू ।
निर्वाध घुमिरहेछन्, मात्तिएर दोषीहरू यतै ती
जानेका छन्, जन छक्काउने अनेक कलाहरू ।
विश्वास छैन, एकरत्ति कसैको पनि अचेल त
सुरक्षित छैन, घर–आंँगन–पँधेरा–खेत–खलाहरू ।
अपराधी भेटिँदैनन्, कारबाही पनि हुँदैन यहाँ
सायद कोही कसैको थप्नुछ घरका तलाहरू ।
जब सजाय हँुदैन, अपराधीलाई कानुनबाट
लिनेछन् पीडितले एक–एक गरी बदलाहरू ।
फेर्नुछ, हाम्रो समाज अनि हाम्रा सोचाइहरू
आऊ सखी प्रयोग गरौं, समयका ती पलाहरू ।
– सीपी सखी
सल्यान

प्रकाशित : भाद्र १३, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?