कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सहिदको अपमान

काठमाडौँ — जहानियाँ राणाशासन विरुद्व आन्दोलन गर्ने क्रममा दसरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ लगायतले सहादत प्राप्त गरे ।

सहिदहरूले देशका लागि र समग्र नेपाली जनताका लागि गरेको योगदानको उचित मूल्यांकन भएको देखिएन । सहिदको परिभाषा के हो, कस्तालाई सहिद मान्ने भन्ने नहुँदा जोकोहीलाई सहिद घोषणा गर्ने प्रचलन बढ्यो । अर्थ बुझ्न नसक्दा वास्तविक सहिदको अपमान भएको छ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउनदेखि वर्षांैदेखि जरा गाडेको पञ्चायती व्यवस्था हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तमाम सहिदको खोजी राज्यपक्षबाट नहुनु दु:खद छ । सरकारले सहिद दिवसलाई भव्य रूपमा सप्ताहब्यापी मनाउन आवश्यक छ ।

– चन्द्रप्रसाद खनाल, लम्की, कैलाली

प्रकाशित : माघ १७, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?