१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पानीजहाज होइन, खानेपानी

काठमाडौँ — नेपाल जलस्रोतको दृष्टिकोणले विश्वमा धनी देशहरूमध्ये पर्छ । सायद त्यसै भएर हुनसक्छ, प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै नेपालका नदीहरूमा पानीजहाज कुदाउने काम तीव्र गतिमा बढाउन निर्देशन दिनुभएको छ ।

तर सोचनीय कुरा के हो भने पानीजहाजभन्दा पहिले प्युठान जिल्ला मल्लरानी गाउँपालिका–२, रातिपोखरीमा करिब २७० घरधुरी एउटै धाराको पानीमा निर्भर रहेकाले उनीहरूलाई पिउने पानीको सुलभ व्यवस्था मिलाउने कामलाई पहिलो प्राथमिकतामा राखी काम बढाउन अत्यावश्यक छ । एक गाग्री पानी ल्याउन एक घन्टाभन्दा बढी समय बिताएका स्थानीयहरूले पहिले स्वच्छ पिउने पानीको व्यवस्था गरिदिएमा मात्र पानीजहाज आएकोमा हर्षबढाइँ गर्लान् । विकास गर्दा पहिले जनताका आधारभूत आवश्यकता पहिचान गरी विकास निर्माण कार्य बढाएमा सम्बन्धित क्षेत्र विकसित भई मानिसहरू स्वस्थ र खुसी हुन्छन् । स्वस्थ र खुसी मानिसले मात्र देश विकासमा योगदान दिन सक्छन् र देश विकसित हुन्छ ।

– एचपी अधिकारी, रत्ननगर नपा–१६, चितवन

प्रकाशित : माघ १७, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?