वार्ता थाल

काठमाडौँ — हाम्रै लागि एक व्यक्ति भोकै सुतिरहेछन् । एक दिनमात्रै होइन, एक सातामात्रै होइन, एक पटकमात्र पनि होइन ।

एक्लै सोह्रपटक । नचाहिंँदा आरोप सहेर उनी अनवरत सत्याग्रहमा अविचल लागिरहेछन् । यो आन्दोलन सफल भए उनले पाउने केही होइन, पाउने हामीले हो । उनी संन्यासी, मृत्युलाई जितेका, मृत्युसँग नडराउने व्यक्ति हुन् । यो सत्याग्रह बिथोलिए गुमाउने हामीले हो, भविष्य बिग्रने हाम्रै हो । हामी उनैलाई पागल भन्दैछौं, उनैलाई विदेशी एजेन्ट बनाउँदैछौं । सरकार उनैलाई षड्यन्त्रकारी देख्दैछ । हाम्रो दयित्व के ? सत्य–असत्यको निरपेक्ष अनुनयन गर्नतिर नलागी हावाकै भरमा हामी कुदिरहेका पो छौं कि ? अहिलेसम्म भएका उपलब्धि उनै डा. केसीकै देन होइन र ? अहिले बन्न लागेको कानुनको समाजवादी तस्बीर उनैले कोरेका होइनन् र ? आफ्नो एक–दुईवटा स्वार्थमा धक्का लाग्दैमा उनलाई यस्तो संवेदनशील हालतमा छाडिदिनु नैतिकताले देला र ? स्वास्थ्य क्षेत्रमा अझ अग्रगामी काम गर्न बाँकी छ । डा. केसी बाँचिरहनुपर्छ । सरकारले आफ्ना पूर्वसमझदारी मध्यनजर गर्दै डा. केसीको जीवनरक्षाका लागि अविलम्ब वार्ता प्रक्रिया सुरु गर्नुपर्छ ।

– डा. अजय रिसाल, धुलिखेल

प्रकाशित : माघ १७, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?