कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रास्वपा सांसद वाग्ले भन्छन् : कांग्रेसको विरोध कर्मकाण्डी

'छानबिन समिति बनाउन सहमति भइसकेको छ, यो औचित्यहीन, कर्मकाण्डी विरोधको कुनै सान्दर्भिकता छैन'
नीति तथा कार्यक्रममा छलफल गर्नुको सट्टा कांग्रेसको विरोध र सहकारीबारे बोलिरहेपछि सभामुख देवराज घिमिरेले वाग्लेलाई 'विषयमा केन्द्रित भएर अभिव्यक्ति दिन' सचेत गराएका थिए ।

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका सांसद स्वर्णिम वाग्लेले सहकारी बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गर्दै प्रतिनिधिसभाको वेलमा नाराबाजी गरिरहेको कांग्रेसप्रति आक्रोश व्यक्त गरेका छन् । 

रास्वपा सांसद वाग्ले भन्छन् : कांग्रेसको विरोध कर्मकाण्डी

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले संसद्मा कांग्रेसले गरिरहेको प्रस्तुति कर्मकाण्डी रहेको भन्दै आलोचना गरेका थिए ।

कांग्रेसले बीपी कोइरालाले स्थापित गरेको मानकलाई यो अवस्थामा पुर्‍याएर लज्जास्पद कार्य गरेको वाग्लेको भनाइ थियो । 'बीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई यो अवस्थामा पुर्‍याउने यो लज्जास्पद, यो औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ । संसद्को ओज, गरिमा र उपादेयतालाई असान्दर्भिक बनाउने कदमप्रति खेद छ,' वाग्लेले भने । सहकारीको समस्या समाधानउन्मुख हुनुपर्ने सांसद वाग्लेको भनाइ थियो ।

नीति तथा कार्यक्रममा छलफल गर्नुको सट्टा कांग्रेसको विरोध र सहकारीबारे वाग्ले बोलिरहेपछि सभामुख देवराज घिमिरेले 'विषयमा केन्द्रित भएर अभिव्यक्ति दिन' सचेत गराएका थिए ।

तर, रास्वपाका उपसभापति तथा सांसद वाग्लेले सभामुखको भनाइलाई पछ्याएनन् । वाग्लेले सहकारी प्रकरणको समाधानउन्मुख हुनुपर्ने बताए । कांग्रेसले व्यक्ति केन्द्रित भएर खराब नजिर स्थापना गर्न लागेको बताए । 'छानबिन समिति बनाउन सहमति भइसकेको छ । यो औचित्यहीन, कर्मकाण्डी विरोधको कुनै सान्दर्भिकता छैन । यो टीओआरमा नेगोसिएसन चलिरहेको छ । टीओआरमा नेगोसिएसन चल्दाचल्दै एउटा, दुईवटा शब्दमा गएर अड्किएको छ । यो औचित्यहीन कर्मकाण्डको लागि खेद व्यक्त गर्दछु,' वाग्लेले भने ।

वाग्लेले संसद्मा लोकतान्त्रिक संस्कार हराएको र थिति बिग्रिएको बताए ।

प्रकाशित : जेष्ठ १३, २०८१ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?