कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नीति कार्यक्रमले संविधान कार्यान्वयन र अर्थतन्त्र सुधार गर्छ : सांसद शर्मा

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्नेगरी आएको बताएका छन् । 

नीति कार्यक्रमले संविधान कार्यान्वयन र अर्थतन्त्र सुधार गर्छ : सांसद शर्मा

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शर्माले सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रको सुधार हुनेगरी आएको बताए । नीति तथा कार्यक्रमले उत्पादन र उत्पादकत्व बृद्धि, रोजगार सिर्जना, सुशासन प्रबर्धन र सामाजिक सेवा प्रवाहमा सुधार हुनेगरी आएको बताए ।

सरकारले नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रणलगायतका योजना सरकारले नीति तथा कार्यक्रममा अगाडि सारेको शर्माको भनाइ थियो । ‘सरकारले ल्याएको नीति, कार्यक्रमले विशेषगरी संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रका सुधार, पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार सिर्जना, सुशासन प्रबर्धन, सामाजिक सेवा प्रवाहमा सुधार, सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रणजस्ता कुराहरूलाई अगाडी सारेको छ,' शर्माले भने ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा सुशासन संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहलाई सारभूत र आम जनताले अनुभूत गर्नसक्ने योजना रहेको बताए । उनले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्दै राष्ट्रिय हित, प्रतिष्ठा र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न सरकारका नीति अगाडि सारिएको जानकारी दिए ।

पूर्वअर्थमन्त्री शर्माले सहमतिबाट राजनीति अगाडि बढ्नुपर्ने पनि बताए । शर्माले भने, 'सहमतिबाट देशलाई अगाडि बढाउने, सहमतिबाट मात्रै समृद्धिको बाटो खुल्ने छ । हामी सुशासन स्थापना गर्नेछौँ र जनताको आक्रोश र आवश्यकताहरूलाई सम्बोधन गर्न सक्नेछौँ । अन्यथा देशमा राजनीतिक संकट, समस्या, चुनौतीहरू खडा भइरहेका छन् । भोली पश्चाताप गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ ।'

नीति तथा कार्यक्रमले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्दै राष्ट्रिय हित, प्रतिष्ठा र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने पनि शर्माको भनाइ छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?