कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

शान्तिवाटिकाबाट धर्नामा बसेकालाई हटाइयो

काठमाडौँ — शान्तिवाटिकामा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले हटाएको छ । मंगलबार बिहान नगर प्रहरीले प्रदर्शन नगर्न र शान्तिवाटिका छोडेर जान भन्दै उनीहरुलाई जबरजस्ती हटाएको हो ।

शान्तिवाटिकाबाट धर्नामा बसेकालाई हटाइयो

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाको कारण देखाउँदै गत मंसिरदेखि माइतीघर मण्डलदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शनकारी शान्तिवाटिका सरेका थिए । एक प्रदर्शनकारीका अनुसार नगर प्रहरीले शान्तिवाटिका पुगेर प्रदर्शनकारीलाई लछारपछार गरेको छ भने उनीहरुको सामाग्री समेत फालिदिएको छ ।

अहिले शान्तिवाटिका छिर्ने गेटमा ताला लगाइएको छ ।

यसअघि पनि प्रहरीले प्रदर्शनकारीलाई शान्तिवाटिका छोड्न दबाब दिएको थियो ।

प्रदर्शनकारीलाई शान्तिवाटिकासमेत छाड्न दबाब

प्रकाशित : माघ २३, २०८० १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?