कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

यती विमान दुर्घटना जाँचबुझ आयोगले मन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ — आठ महिनाअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको यति एयरलायन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई प्रतिवेदन बुझाएको छ ।

यती विमान दुर्घटना जाँचबुझ आयोगले मन्त्रीलाई बुझायो प्रतिवेदन

आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार, ०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको एटीआर विमान दुर्घटनाबारे विस्तृत जाँचबुझ गरी बनाइएको अन्तिम प्रतिवेदनको मस्यौदा मन्त्री किरातीलाई बुझाइएको हो । उनले अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ)को प्रावधानअनुसार यस घटनासँग सरोकार राख्ने विभिन्न मुलुकको अन्तिम सुझाव प्राप्त भएको ६० दिनपछि प्रतिवेदन सार्वजनिक गरिने बताए ।

उनले जहाजको प्राविधिक कारणले दुर्घटना नभएको बताए । ‘आइकाओको प्रावधानअनुसार अहिले घटनाको कारणबारे सार्वजनिक गर्न मिल्दैन । ६० दिनपछि प्रतिवेदन सार्वजनिक हुने छ,’ मन्त्रालयका प्राविधिक सहसचिवसमेत रहेका लामिछानेले भने ।

घटनालगत्तै सरकारले पूर्वसचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले यसअघि प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै यतिको दुर्घटना मानविय (चालक दल) का कारण भएको जनाएको थियो । पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको उक्त घटनामा चालकदलका ४ सदस्य र ६८ यात्रुसहित जहाजमा सवार सबै ७२ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

नेपालमा पछिल्लो ७ दशकयता भएको हवाई दुर्घटनामध्ये आन्तरिकतर्फ यो सबैभन्दा धेरै क्षति भएको पहिलो घटना हो ।

प्रकाशित : आश्विन ४, २०८० २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×