२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पाँच वर्षसम्म यही गठबन्धनले नेतृत्व गर्छ : प्रधानमन्त्री दाहाल

'अहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ'

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सत्ता गठबन्धन पाँच वर्षसम्म अगाडि बढ्ने बताएका छन् । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पाँच वर्षसम्म यही गठबन्धनले नेतृत्व गर्छ : प्रधानमन्त्री दाहाल

'अहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा हुनेनहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ,' प्रधानमन्त्री दाहालले भने ।

१८ औं सताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ ! भनेको स्मरण गर्दै हाल आफ्नो सरकार र गठबन्धनका बारेमा अरुले भन्ने गरेका कुरामा भन्दा पनि राम्रो गर्दै जाने आफ्नो ध्यान रहेको उनको भनाइ थियो ।

यस क्रममा दाहालले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो काम गरे पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृति भएकाहरूले अनावश्यक विरोध गरेको बताएका थिए ।

साथै आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने र जनपक्षीय कामको जनताले नै फैसला गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित : असार ११, २०८० १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?