२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

२३ घाइतेलाई थप उपचारका लागि धुलिखेल र ३ जना गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो
टीका भट्ट

रामेछाप — रामेछापको लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बिहान काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस करिब १० बजेतिर खाँडादेवी र सुनापतिको सिमानामा बस दुर्घटनामा परेको हो ।

रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार थिङका अनुसार पाँच जना पुरुष र चार जना महिला घटनास्थलमै मृत फेला परेका हुन् । घटनास्थलबाट २३ जना घाइतेको उद्धार गरी उपचारका लागि धुलिखेल पठाइएको उनले बताए ।

यसैबीच ३ जना गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले कान्तिपुरलाई बताए । उनका अनुसार अग्लो भीरको घुम्तीबाट बस तल दुर्घटनाग्रस्त भएको खबर आएको छ ।

यस घटनाबारे रामेछापकी सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङसँग बुझ्दा यात्रुबहाक बस दुर्घटना भएको र आफूहरु घटनास्थलमा जाँदै गरेको बताइन् । 'त्यस्तो दुर्घटना हुने ठाउँ त थिएन । बिहान हामी त्यही बाटो आएका थियौं, 'जिल्ला कार्यालयकी सूचना अधिकारी समेत रहेकी गुरुङले भनिन्, 'धेरै नै हाताहाती भएको भन्ने पनि खबर आएको छ । हामी स्थलगत बुझ्न जाँदै छौं ।'

सुनापति–३ हिलेदेवी स्वाराबाट उक्त बस काठमाडौंका लागि छुटेको थियो । बस के कारणले दुर्घटनामा परेको हो भन्ने बारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित : असार २१, २०७९ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?