कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केपी ओलीको निरंकुश प्रवृत्तिको अन्त्य : नेपाल

काठमाडौँ — नेकपाका अध्यक्ष माधवकुमार नेपालले निरंकुश बाटो समातेका केपी ओली एण्ड प्रवृत्तिको आयु पुगेको बताएका छन् । संसद् विघटनविरुद्धमा नेकपा (दाहाल-नेपाल) पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेपालले निरंकुश केपी ओली एण्ड प्रवृत्तिको अन्त्य भएको बताएका हुन् । ओलीले जनताले बनाएको संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गरेको नेपालको टिप्पणी थियो । 

केपी ओलीको निरंकुश प्रवृत्तिको अन्त्य : नेपाल

ओलीको कदमविरुद्ध सडकमा आउँदापञ्चायतविरुद्धको बुटवलमा भएको संघर्ष सम्झना आएको उनले बताए । ‘निरंकुश केपी ओली एण्ड प्रवृत्तिको आयु पुग्यो । पुस ५ गतेका दिन वामपन्थी भनिएका नेताले संविधान कुल्चेर प्रतिनिधिसभाको विघटन गरे । के त्यो राजनीतिक, संवैधानिक हिसाबले उचित छ ? हाम्रो आन्दोलनको चाहना अनुरुप छ ? जुनसुकै कोणबाट हेर्दा पनि त्यो निर्णय अनुपयुक्त छ । असंवैधानिक कदमलाई अस्वीकार गर्छौं,’ नेपालले भने ।

अध्यक्ष नेपालले ओली गणतन्त्रविरोधि भएको भन्दै यो व्यवस्थाप्रति उनलाई माया नभएको बताए । ‘कसरी ओलीले आन्दोलनको सन्दर्भ, गणतन्त्रको आन्दोलनका खिसिट्युरी गरेका थिए । उहाँले भन्नु भएको थियो वयलगाढा चढेर वासिङ्टन पुग्न सकिँदैन । महामहिम केपी ओलीले बोल्नु भएको थियो । त्यसकारण उहाँलाई गणतन्त्रप्रति माया छैन । परिवर्तनपछि माया छैन,’ नेपालले भने, ‘यो व्यवस्थाप्रति माया छैन । संघीयताविरुद्ध, संविधानविरुद्ध, लोकतन्त्रका मूल्यमान्यताविरुद्ध एकपछि अर्को कदम चाल्नु भएको छ । त्यसकारण जनता सडकमा उत्रेका छन् । नेकपामात्रै होइन अन्य दल पनि सडकमा उत्रेका छन् । २२ दलीय वामपन्थी मोर्चा पनि सडकमा उत्रेको छ ।’

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदमप्रति मेचीदेखि महाकालीबाट पनि विरोध भएको नेपालले बताए । ‘समाजका सबै वर्ग, नागरिक समाज, पत्रकारदेखि सबैले प्रतिगामी कदम हो, यो कदम हामीलाई स्वीकार्य छैन । देशमा अस्थिरता निम्त्याउने छ । जनताको सुखका दिनहरु हामीले ल्याउन पाउने छैनौं भन्ने चिन्ता जाहेर गरेका छन् । त्यही कारण हामी सडकमा आएका हौं,’ नेपालले भने ।

प्रकाशित : पुस १४, २०७७ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?