कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरी हत्याका मुख्य योजनाकार भनिएका राना पक्राउ

अर्जुन शाह

धनगढी — धनगढीमा अढाई महिनाअघि दुई प्रहरीको हत्या भएको घटनामा मुख्य योजनाकार भनिएका धनगढी उपमहानगरपालिका–१० का ३४ वर्षीय अमर रानालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी हत्याका मुख्य योजनाकार भनिएका राना पक्राउ

धनगढीनजिकैको सीमाक्षेत्रमा पर्ने अस्थायी प्रहरीचौकी जुगेडामा इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदलाई गस्तीमा रहेका बेला तस्करहरूको समूहले हत्या गरेको थियो ।

सुकबहादुरसमेत भनिने रानालाई प्रहरीले कैलालीको सीमा क्षेत्रबाट आइतबार पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले जानकारी दिए । हत्याको आरोपमा एक जना व्यापारीसहित यसअघि ९ जना पक्राउ परिसकेका छन् । तस्करहरूको समूहले नेपालबाट मोहना नदी हुँदै भारततर्फ केराउ तस्करी गर्दै गर्दा गस्तीमा रहेका सुरक्षाकर्मीले रोक्न खोज्दा दुवै जनाको हत्या भएको थियो । घटनाको दुई दिनपछि मोहना नदीभित्र गाडिएको अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित : पुस १३, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?