२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

संसद् विघटनविरुद्ध काठमाडाैंमा जसपाकाे प्रदर्शन [तस्बिरहरु]

काठमाडौँ — संसद् विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आइतबार काठमाडाैंमा प्रदर्शन गरेकाे छ ।

संसद् विघटनविरुद्ध काठमाडाैंमा जसपाकाे प्रदर्शन [तस्बिरहरु]

काठमाडाैंकाे शान्तिवाटिकाबाट सुरु भएकाे र्‍याली पुतलीसडक, पद्माेदय, भद्रकाली, सुन्धारा हुँदै शान्तिवाटिका पुगेर कोणसभा हुने जसपाले जनाएकाे छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

जसपाले यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुस १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुस ११ गते मसाल जुलुस निकाल्ने र पुस १२ गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरेकाे थियाे ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै जसपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै जसपाका नेताहरुले बिहीबार संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख अग्नी सापकोटालाई बैठक आह्वान गर्न पनि आग्रह गरेका थिए ।

प्रकाशित : पुस १२, २०७७ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?