२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चअघि प्रदर्शनमा उत्रिएका विद्यार्थी पक्राउ

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चअघि प्रदर्शनमा उत्रिएका विद्यार्थी पक्राउ

कांग्रेस भ्रातृ संगठन नेविसंघको अयोजनामा सर्वोच्च अदालतअगाडि गरिएको प्रदर्शनमा सहभागी विद्यार्थीमध्ये सात जनाजतिलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शनमा विद्यार्थीहरूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक रहेको भन्दै खारेजीको माग गरेका थिए । सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका निवेदनहरूको सुनुवाइ जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार बिहान पाँच सदस्यीय इजलास गठन गरेका थिए ।

प्रकाशित : पुस १०, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?