कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कावासोतीमा दाहाल-नेपाल समूहको मसाल जुलुस

नारायण शर्मा

नवलपरासी — नेकपाको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा अहिले साँझ मसाल जुलुस निकालेका छन् । 

कावासोतीमा दाहाल-नेपाल समूहको मसाल जुलुस

उक्त समूहका सर्मथक कार्यकर्ताले प्रतिगमन मुर्दावाद, नेकपा जिन्दावाद भन्दै नारा लगाएका थिए । जुलुसमा उक्त समूहका जिल्ला तहका नेता कार्यकर्ता तथा भातृ संगठनका कार्यकर्ता सहभागी थिए ।

अनेरास्ववियूका केन्द्रीय सदस्य हरी सिग्देलले नेतृत्व गरेको जुलुश कावासोतीको सभापति चोकबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय नजिकैसम्म पुगेको थियो । सिग्देलले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाए ।

संसद् विघटनपछि विभाजित नेकपा पूर्वी नवलपरासीमा दाहाल-नेपाल समूह बलियो देखिएको छ ।

प्रकाशित : पुस ९, २०७७ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा निजी क्षेत्र पनि अख्तियारको दायराभित्र पर्ने गरी प्रस्तावित व्यवस्थाबारे तपाईंको धारणा के छ ?

x
×