कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बबरमहलमा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ — नेकपाको (दाहाल–नेपाल) समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलमा सुरु भएको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । 

बबरमहलमा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

केन्द्रीय कमिटी बैठक अघि यो समूहको स्थायी कमिटी बैठक पनि त्यही ठाउँमा बसेको थियो ।


स्थायी कमिटीअघि अध्यक्षद्वय पुष्कमल दाहाल र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठबीच बैठकका एजेण्डाबारे छलफल भएको थियो । संघर्षको कार्यक्रम कस्तो हुने भन्ने खाका बैठकमा पेस हुँदैछ ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

यो समूहको बैठक मंगलबार पनि बसेको थियो । त्यस दिनको बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

प्रकाशित : पुस ९, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?