जसपाद्वारा ५ दिने आन्दोलन घोषणा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसपाद्वारा ५ दिने आन्दोलन घोषणा

प्रतिनिधिसभाको बैठक बोलाउन सभामुखलाई आह्वान गर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध ५ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौंमा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले देशव्यापी प्रदर्शनदेखि मसाल जुलुससम्मका कार्यक्रम घोषणा गरेको छ ।

समितिका सदस्य केशव झाका अनुसार पुस ८ गते देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्ष तयारीका लागि देशभरी पार्टी कमिटीहरुका बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

बैठकले संविधानमा हुँदै नभएको धारालाई टेकेर संसद विघटन गरिएको भन्दै सभामुखलाई प्रतिनिधिसभाको बैठक बोलाउन आह्वान गर्ने पनि निर्णय गरेको छ ।


प्रकाशित : पुस ७, २०७७ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्

नेकपा पश्चिम नवलपरासीको पार्टी कार्यालय ओली समूहको नियन्त्रणमा

नवीन पौडेल

परासी — नेकपा पश्चिम नवलपरासीको पार्टी कार्यालयमा तालाबन्दी भएको छ । केपी ओली समर्थक युवाहरुले मंगलबार दिउँसो परासीमा रहेको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन् ।

राष्ट्रिय युवा संघ, मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी स्पोर्टस एकेडेमीका सदस्यहरुले तालाबन्दी गरेर कब्जा गरेका हुन् ।

मदन भण्डारी फाउण्डेशन जिल्ला सचिवालय सदस्य सञ्जित पोखरेलले प्रधानमन्त्रीलाई काम गर्न नदिएर अस्थिरता ल्याएको र पार्टी कार्यालयको सुरक्षाका लागि तालाबन्दी गरेको पोखरेलले बताए । दुई पार्टी एकीकरण हुँदा पूर्व माओवादीले जिल्ला अध्यक्ष पाएको थियो । भविश्वर तिवारीको अध्यक्षतामा हाल १ सय ४५ जिल्ला कमिटी छ ।

प्रकाशित : पुस ७, २०७७ १८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×