कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा गौतम र थापा गएनन्

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा सहभागी छैनन् । ओलीले बोलाएको कैन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । 

ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा गौतम र थापा गएनन्

बैठकमा उपस्थित नभएका गौतम र थापा भने आफ्नो निवासमा रहेको उनीहरु निकट स्रोतले बतायो । बालुवाटार बैठकमा पूर्वमाओवादी समूहका नेता टोपबहादुर रायमाझी र मणि थापा भने सहभागी छन् ।

बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुलाई कारबाहीको निर्णय गर्न सक्ने एक नेताले बताए । बैठकले केन्द्रीय कमिटीमा नयाँ सदस्य पनि मनोनयन गर्ने भएको छ ।

गौतमले भने दुवै तर्फका बैठकमा सहभागि भएर आफू पार्टी फुटको साक्षी नबस्ने घोषणा यसअघि नै गरेका थिए ।

थापा भने दुवै अध्यक्षसँग छलफल गरेपछि मात्रै कता खुल्ने भन्ने निर्णय गर्ने बताएका थिए । थापानिकट स्रोतका अनुसार अध्यक्ष दाहाल उनलाई भेट्न मंगलबार बिहानै पुल्चोक पुगेका थिए । दाहालले सोमबार पनि थापालाई भेटेर यही आग्रह गरेका थिए । दाहाल समूहले पनि दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

प्रकाशित : पुस ७, २०७७ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?