कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गृहमन्त्री थापा समूहको निष्कर्ष : संसद् विघटन प्रतिगामी कदम 

काठमाडौँ — पार्टीको आन्तरिक विवादमा छुट्टै अस्तित्व र पहिचान बनाउने प्रयासस्वरुप नेकपामा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले निकट नेताहरुको भेला गरेका छन् ।

गृहमन्त्री थापा समूहको निष्कर्ष : संसद् विघटन प्रतिगामी कदम 

भेलामा सहभागी थापा समूहका सहभागी नेताहरुले संसद् विघटन प्रतिगामी कदम भएको बताएका छन् । सहभागी नेताहरुले गम्भीर र असंवैधानिक राजनीतिक घटनामा मुकदर्शक भएर बस्न नहुने नेताहरुको भनाइ छ । तर, समूहका नेता थापाले भने समग्र परामर्शपछि मात्र यस विषयमा अन्तिम धारणा बनाउने बताएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसमूहका सांसदहरु बालुवाटारमा र अर्का अध्यक्ष पुष्पकमल दाहाल एवं वरिष्ठ नेता माधवकुमार नेपालपक्षसमूहका सांसदहरुको बानेश्वरमा अलगअलग भेला भएकै दिन थापा समूहले निकट केन्द्रीय सदस्यहरुको भेला गरेको हो ।

यो समूहले नेकपाको केन्द्रीय कमिटीमा आफूहरुको करिब ४० सदस्य रहेको दाबी गर्दै आएको छ । यद्यपि नेकपा विवादमा थापा लामो समय प्रधानमन्त्री ओलीको समर्थन गरे पनि स्थायी कमिटी सदस्यहरु देव गुरुङ र पम्फा भुसालले दाहाल-नेपाल समूहमा थिए ।

संसद् विघटन गरी राष्ट्रपतिलाई नयाँ चुनावका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को वैठकको निर्णयमा असहमति जनाउँदै दाहाल-नेपाल समूहका सात मन्त्रीले राजीनामा गरे पनि गृहमन्त्री थापाको भने राजीनामा आएको छैन । यसैलाई लिएर उनले पछिल्लो र निर्णायक विवादमा पनि प्रधानमन्त्री ओलीकै समर्थन गरेको आशंका भैरहँदा उनी निकट नेताहरुको छुट्टै भेला भएको हो । भेलामा दुई दर्जन नेता सहभागी भएको बताइएको छ ।

गत असारको स्थायी कमिटी विवादमा पनि थापा कहिले ओली त कहिले दाहाल-नेपाल समूहका भेलामा पुगेका थिए ।

प्रकाशित : पुस ६, २०७७ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?