कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा

काठमाडौँ — प्रतिनिधिसभा विघटनपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा बोलाएका छन् ।

सबै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा

ओली आइतबार साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीको विषयमा छलफल गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले अहिलेको सुरक्षा अवस्थाको बारेमा जानकारी लिनको लागि चारै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाएका हुन् ।

आइतबार बिहान प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्‌बाट प्रतिनिधि सभाको विघटनको सिफारिस र त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएपछि मुलुकका विभिन्न स्थानमा आन्दोलन र विरोध सुरु भइसकेको छ ।

प्रकाशित : पुस ५, २०७७ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?