कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइतबार बिहान दाहाल-नेपाल पक्ष सांसदले गरेका थिए ओलीविरुद्ध अविश्‍वास प्रस्ताव दर्ता

ऋषिराम पौड्याल

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । 

आइतबार बिहान दाहाल-नेपाल पक्ष सांसदले गरेका थिए ओलीविरुद्ध अविश्‍वास प्रस्ताव दर्ता

संसद् सचिवालय स्रोतका अनुसार बिहानै भीम रावल र पम्फा भुसाललगायतले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । यसअघि राष्ट्रपतिसमक्ष विशेष अधिवेशन आह्वान गर्दै दर्ता गराउन खोजेकोमा नमान्दा उक्त प्रस्तावलाई अविश्वासमा रुपान्तरण गरिएको दाहाल-नेपाल समूहको दाबी छ । अविश्वासको प्रस्तावमा केही मन्त्रीहरूले पनि नाम लेखाएका छन् । अविश्वासको प्रस्तावमा नाम लेखाएका मन्त्रीले राजीनामा दिन लागेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका ९० भन्दा बढी सांसद रहेका बताइएको छ ।

संसद् सचिवालय स्रोतका अनुसार आइतबार साढे १० बजेपछि अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिसकेकी छिन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन

प्रकाशित : पुस ५, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?