ऋषिराम पौड्याल

संघीय निजामती विधेयक : सहमति खोज्न शीर्ष नेतासँग परामर्श तयारी

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकका केही प्रावधानमा सहमति जुटाउन नसकेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले प्रमुख दलका शीर्ष नेतासँग परामर्श गर्ने तयारी गरेका छन् । यादव कोइरालासहितका अधिकारीहरूले विधेयकका विवादित प्रावधानबारे ब्रिफिङ गरेपछि मन्त्री त्रिपाठीले शीर्ष नेतासँग छलफल गरेर त्यसलाई टुंगोमा पुर्‍याउने बताएका हुन् ।

गृहमन्त्रीको भनाइ - सीमामा सुरक्षाकर्मी र पोस्ट बढाइने

गृहमन्त्री रामबहादुर थापाले भारत र चीनको सीमामा सुरक्षा पोस्ट र सुरक्षाकर्मी बढाइने बताएका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले राखेका जनचासोको विषयको उत्तर दिँदै अहिले दुवै देशतिरको सीमानामा सुरक्षाकर्मी र पोस्ट कमी भएको बताए । 

प्राधिकरणको टेन्डरमा लेखाको छानबिन

चिलिमे-त्रिशूली प्रसारण लाइनबाट प्रभावितलाई लक्ष्य गरेर विद्युत् प्राधिकरणले नुवाकोटमा भौतिक संरचना निर्माणका लागि अघि बढाएको टेन्डर प्रक्रियामाथि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । सार्वजनिक खरिद ऐनमा उल्लेख भएका प्रक्रियालाई बेवास्ता गरेर सीमित ठेकेदारलाई फाइदा पुग्ने गरी टेन्डर फारम दर्ता गराएको उजुरी परेपछि समितिले छानबिन थालेको हो ।

यस्तो बन्दै छ भैंसेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखका आवासीय कार्यालय

सरकारले सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि ललितपुरको सैंबु भैंसेपाटीमा बनाउन लागेको आवासीय सुविधासहितको सम्पर्क कार्यालय भवनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दै छन् । 

अंगीकृत नागरिकतामा झन् उल्झन, शीर्ष नेतृत्वबाटै सहमति खोजिने

नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलालाई अंगीकृत नागरिकता दिने प्रावधानसम्बन्धी विवाद प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट टुंगो लाग्न नसकेपछि यसको समाधान राजनीतिक उच्च नेतृत्वबाटै खोजिने भएको छ । 

ऋषिराम पौड्यालका लेखहरु :

अंगीकृत नागरिकता बारे विपक्षी सांसदको असहमति, राज्य व्यवस्था समिति बैठक स्थगित 

राज्य व्यवस्था समितिको बैठकमा जारी नागरिकता विधेयकका प्रावधान बारे विपक्षी सांसदहरुले असहमति जनाएपछि बैठक केही समयका लागि स्थगित भएको छ । 

नागरिकता विधेयक : प्रतिपक्षले समय मागेपछि रोकियो छलफल

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले तयार गरेको अन्तिम प्रतिवेदनमा उल्लिखित प्रावधान अध्ययन गर्नुपर्ने भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले समय मागेपछि नागरिकतासम्बन्धी विधेयकमाथिको छलफल शुक्रबार पनि रोकिएको छ ।

नागरिक विधेयक : विदेशी बुहारीलाई परिचयपत्र प्रस्ताव

सांसदहरूले नेपालीसँग बिहे गरेका विदेशी महिलालाई तत्काल अंगीकृत नागरिकता नदिने अडान नछाडेपछि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले नयाँ विकल्प प्रस्ताव गरेको छ ।

नागरिकता विधेयकबारे सरकारको धारणा मागेपछि राज्य व्यवस्था समिति बैठक स्थगित

राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथिको छलफल बिहीबार पनि टुंगो लागेन । नागरिकता विधेयक सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसद्‌को राज्य व्यवस्था समिति बैठकमा कांग्रेसले सरकारको धारणा माग गरेपछि बैठक स्थगित गरिएकाे छ । 

समितिमै अल्झियो नागरिकता विधेयक

सांसदबीच सहमति नजुट्दा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथिको छलफल बुधबार पनि टुंगो लागेन । नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई अंगीकृत नागरिकता दिने विषयमा सांसदहरू विभाजित छन् ।