१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

संसद् विघटन प्रस्तावको विरोधमा चक्काजाम

नारायण शर्मा

नवलपरासी — प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालयमा गएको विरोधमा यहाँ नेविसंघले महेन्द्रराजमार्गको यातायात अवरुद्ध गरेको छ ।

संसद् विघटन प्रस्तावको विरोधमा चक्काजाम

नेपाली कांग्रेसको भातृसंस्था नेविसंघ र तरुणदलका कार्याकर्ताले पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा प्रर्दशन गर्दै पूर्वपश्चिम महेन्द्रराजमार्गको यातायात अवरुद्ध गरेका हुन् ।

‘कम्युनिस्ट सरकार मुर्दावाद, संसद् विघटन गर्न पाइँदैन’ जस्ता नारा लगाउँदै उनीहरुले कावासोतीस्थित गणेशमान चोकमा महेन्द्रराजमार्गको यातायात ठप्प पारेका हुन् । जिल्ला प्रहरी कार्यालयबाट ३ सय मिटर पश्चिममा राजमार्ग अवरुद्ध गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै उनीहरुले संसद् विघटनको प्रस्ताव फिर्ता लिन माग गरेका छन् । अहिले दिउँसो पौने एक बजेबाट नेविसंघ र तरुणदलका कार्याकर्ताले राजमार्गमा प्रर्दशन गरेर यातायात अवरुद्ध गरेका हुन् । दुई तिहाइको सरकारले शासन गर्न नसकेर संसद् विघटन गर्न खोजेको भन्दै विद्यार्थीले नाराबाजी गरेका छन् ।

नेविसंघका जिल्ला सचिव लेखनाथ दवाडीले सरकारको असंवैधानिक कदम फिर्ता लिन माग गर्दै विरोध गरिएको जानकारी दिए । विद्यार्थीहरुले राजमार्गमा प्रर्दशन गरेका कारण पूर्वपश्चिम हिडेका राजमार्गमा दर्जनौं सवारी रोकिएका छन् ।

प्रकाशित : पुस ५, २०७७ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?