कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उखु किसान आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगे पौडेल

उद्योग मन्त्री पनि माइतीघरमा, मन्त्री फर्किनासाथ नाराबाजी
दीपक केसी

काठमाडौँ — बक्यौता रकम उठाउनका लागि आन्दोलन गरिररहेका उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल शुक्रबार माइतीघर पुगे । उनले आन्दोलनरत किसानहरुलाई आफू र आफ्नो पार्टी आन्दोलनरत उखु किसानको साथमा रहेको बताएका थिए । 

उखु किसान आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगे पौडेल

'हाम्रो पार्टी सँधै किसानको साथमा छ,' पौडेलले भने, 'सरकारले किसानको बाँकी पैसा दिलाउन कुनै कसर छोड्नु हुँदैन । हाम्रो पार्टी किसानमाथि अन्याय हुन नदिन माग गर्दछ,' पौडेलले भनेका थिए ।

शुक्रबारै बसेको कांग्रेसको संसदीय दलको कार्यसमिति बैठकले उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको थियो ।

उखु किसानको आन्दोलनमा शुक्रबार नै दुई मन्त्री पनि पुगे । उद्योग मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी । दुवै मन्त्रीले पनि किसानका मर्का आफूहरुले बुझेको भन्दै बक्यौता रकम दिलाउने प्रतिबद्धता जनाए । नेताहरुले नै मिल मालिकलाई जोगाउन दबाब दिने गरेको बताएका मन्त्री भट्टले किसानहरुको बाँकी रकम शनिबारसम्म बैंकमा जम्मा नभएर मिल मालिकहरुलाई पक्राउ गरिने बताए ।

आश्वासन दिएर मन्त्री आन्दोलनस्थलबाट निस्किएलगत्तै किसानहरुले उनीविरुद्ध नाराबाजी गरेका थिए ।

तस्बिरहरू : दीपक केसी




प्रकाशित : पुस ३, २०७७ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?