कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा २४ घण्टामा थपिए ३६३ कोरोना संक्रमित

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा १५२ महिला र २११ जना पुरुष रहेका छन् ।

उपत्यकामा २४ घण्टामा थपिए ३६३ कोरोना संक्रमित

काठमाडौंमा २७३, भक्तपुरमा ४१ र ललितपुरमा ४९ जना नयाँ संक्रमित थपिएका हुन् । बिहीबार देशभर ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३०८ महिला र ४६८ पुरुष रहेका छन् । यो सँगै नेपालमा २ लाख ५१ हजार ६९२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ५५ हजार ७२४ छ भने २४ घण्टामा ६ हजार ५८८ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ५८० छ । क्वारेन्टाइनमा रहनेको संख्या ४४४ रहेको छ ।

२४ घण्टामा ९४७ कोरोनामुक्त, ६ को मृत्यु

२४ घण्टामा ९४७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४० हजार ३६३ जना घर फर्किसकेका छन् । त्यसैगरी २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ ।

प्रकाशित : पुस २, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?