कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्याक्टर चालक मृत्यु प्रकरण : दुम्किबासमा प्रहरीविरुद्ध नाराबाजी

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको दुम्किबासमा एक ट्याक्टर चालकको मृत्यु भएको विषयलाई लिएर दुम्किबास तनावग्रस्त भएको छ । यहाँ मजदुरले बिहीबार राति १ बजेबाट केहीबरअघिसम्म पूर्वपश्चिम महेन्द्रराजमार्गको यातायात अवरुद्ध गरेका थिए । आज बिहान प्रहरीले बल प्रयोग गरेर बाटाे खुलाएकाे हो ।

ट्याक्टर चालक मृत्यु प्रकरण : दुम्किबासमा प्रहरीविरुद्ध नाराबाजी

प्रहरीले कुट्दा ट्याक्टर चालकको मृत्यु भएको भन्दै स्थानीयले प्रहरीविरुद्ध नाराबाजी र प्रर्दशन गरेका हुन् । बिहीबार रातिदेखि स्थानीयले दुम्किबास बजारमा इलाका प्रहरी कार्यालय दुम्किबास अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण झडपसमेत भएको छ । प्रहरीले घटनालाई नियन्त्रणमा लिन केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियाे भने दोहोरो झडपमा दुईजना प्रहरी सामान्य घाइते भएका छन् ।

बिहीबार राति दुम्किबासस्थित विनयी खोलामा अवैद्य रुपमा बालुवा लिन गएका ट्याक्टरहरुलाई नियन्त्रणमा लिने क्रममा दुर्घटना भइ घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता स्थानीयले भने प्रहरीले कुटपिट गरेर मारेको आरोप लगाएका छन् ।

पूर्वी नवलपुरका प्रहरी प्रमुख प्रकाश मल्लले विनयी खोलामा बालुवा चोरी रहेका ट्याक्टरहरु नियन्त्रणमा लिने क्रममा भागाभाग हुँदा ट्याक्टर दुर्घटनामा परेको बताए । प्रहरी खोलामा पुगेको जानकारी पाएपछि बत्ती निभाएर ट्याक्टर दौडाउँदा खाडलमा परेको र उछिट्टिएर चालक गम्भीर घाइते भएको मल्लको भनाइ छ ।

मल्लका अनुसार विनयी त्रिवेणी–१ विनयी खोलामा लु ३ त ८१७५ नम्बरको ट्याक्टरमा चालकले प्रहरी गएको देखेपछि ट्याक्टरको बत्ती निभाएर भाग्ने क्रममा दुर्घटना भइ सोही ट्याक्टरका चालक दाङको राजपुर गाउँपालिका–४ निवासी २४ वर्षीय हरिश्याम यादव गम्भीर घाइते भएको र उनको राति नै उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जनाएको छ ।

प्रहरीले विनयी त्रिवेणी खोलाबाट बिहीबार राति ४ वटा ट्याक्टर समेत नियन्त्रणमा लिएको छ ।

प्रकाशित : मंसिर २६, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?