३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

डोटीमा जिप खस्दा तीन जनाको मृत्यु

मोहन शाही

डोटी — बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा आइतबार बिहान जिप दुर्घटनाग्रस्त हुँदा ३ जनाको मृत्यु भएको । उक्त दुर्घटनामा  ५ जना घाइते भएका छन् ।

डोटीमा जिप खस्दा तीन जनाको मृत्यु

दिपायलबाट खत्याडीका लागि जाँदै गरेको जिप भिरबाट खसेको गाउँपालिका अध्यक्ष कमल गड्सिलाले जानकारी दिए । अप्ठेरो स्थान भएकाले गाडीमा कति जना सवार थिए भन्ने खुलिनसकेको र दुर्घटनास्थलमा खोजी कार्य जारी रहेको उनले बताए ।

उनका अनुसार अहिलेसम्म तीन जनाको शव फेला परेको छ । पाँच घाइतेलाई उद्धार गरी उपचारका लागि दिपायल लगिँदै छ ।

प्रकाशित : मंसिर २१, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?