पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत : देउवा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत : देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीलाई आपत्तिजनक र निन्दनीय भनेका छन् । उनले एक विज्ञप्ति प्रकाशित गरी सरकारको यस्तो प्रवृतिविरुद्ध देशव्यापी प्रतिरोध गरिने पनि बताएका छन् । 

फाइल तस्बिर ।

गृहजिल्ला तनहुँको दमौलीमा व्यास नगरपालिकाले आयोजना गरेको पुल उद्घाटन कार्यक्रममा सहभागी हुन पुगेका पौडेललाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

'तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,' देउवा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

'सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,' विज्ञप्तिमा भनिएको छ, 'वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।'

यस्तै नेताहरु शेखर कोइराला, गगन थापालगायतले पनि सामाजिक संजालमा गिरफ्तारीको विरोध गरेका छन् । 'नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको गरिफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन । यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो । यसले यो सरकारको चरित्रलाई उदांगो बनाएको छ' गगनले ट्विटरमा लेखेका छन् । उनले यो प्रधानमन्त्री केपी ओलीका लागि निकै महंगो पर्ने पनि बताएका छन् ।

प्रकाशित : मंसिर १७, २०७७ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्

सुस्तामा सोलार मिनी ग्रिड मार्फत बिजुली विस्तार

नवीन पौडेल

परासी — भारतीय अतिक्रमणको चपेटामा परेको पश्चिम नवलपरासीको सुस्तामा बिजुली बत्ती पुगेको छ । सुस्ता गाउँपालिका ५ मा सोलार मिनी ग्रिड प्रविधि मार्फत बिजुली बत्ती विस्तार गरिएको हो ।

सोलार मिनी ग्रिडको बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उद्‌घाटन गरे । आफ्नो भूमि जोगाउन भारतीय एसएसबीसंग लड्दै आएका सुस्ताबासीले अब टुकी र लालटिनबाट छुटकारा पाउने भएका छन् । नारायणी नदीको कारण विद्युत प्रसारणको लाइनमा जोडिन नसकेको सुस्ता अब भने सोलार ग्रिड मार्फत झिलीमिली भएको हो ।

सोलार मिनी ग्रिडको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताले आश गरेका राजनीतिक दलहरु आपसी किचलोमा रुमल्लिन नहुने बताए । ‘जनताले आशा र भरोसा गरेका राजनीतिक दल आपसी कलहमा अल्झिन हुँदैन । जनमतको सबैले कदर गर्नुपर्दछ,’उनले भने,‘जनताका आधारभूत आवश्यक्तामा मात्र ध्यान दिने हो भने पनि विकासले फड्को मार्न सक्दछ । जनताको इच्छा विपरीत आन्तरिक किचलोमा नफस्न म सबै रमजनितिक दलका नेतालाई आग्रह गर्दछु ।’

नारायणीमा जोखिमपूर्ण डुंगाको यात्रा गर्नुपर्ने बाध्यता रहेको सुस्तामा विद्युत विस्तार गर्ने सम्भावना नभएपछि सौर्य मिनी ग्रिड परियोजना मार्फत बिजुली बाल्न लागिएको हो । सौर्य मिनी ग्रिड परियोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सौर्य मिनी ग्रिड निर्माण समितिका अध्यक्ष रविन्द्र जैसवालले सौय ऊर्जाको निमार्णसँगै सुस्ताबासीले राहातको महसुस गरेको बताए । यस परियोजनाबाट सुस्ताका २ सय ६५ घरधुरी उज्यालो हुनेछ । सौर्य मिनी ग्रिड परियोजनाको लागत ४ करोड ८० लाख ९५ हजार २ सय ६८ रुपैयाँ रहेको छ ।

प्रकाशित : मंसिर १७, २०७७ १६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×