बुधबार बस्‍ने गरी सकियो नेकपा सचिवालय बैठक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुधबार बस्‍ने गरी सकियो नेकपा सचिवालय बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपाको सचिवालय बैठक बुधबार पुन: बस्ने गरी सकिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल सुरुवात भएकाले बुधबार फेरि बालुवाटारमै बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

आजको बैठकमा कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्ताव र त्यसको जवाफमा मंसिर १३ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको प्रस्तावमाथि नेताहरुले आफ्ना धारणा राखेका थिए ।

प्रवक्ता श्रेष्ठले दुवै प्रस्तावमाथि औपचारिक रुपमा छलफल पनि गर्ने र नेताहरुबीच अनौपचारिक संवादलाई पनि निरन्तरता दिने निष्कर्ष बैठकले निकालेको बताए ।

प्रकाशित : मंसिर १६, २०७७ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ५ सय ३० कोरोना संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ४० महिला र २ सय ९० जना पुरुष रहेका छन् ।

काठमाडौंमा ४ सय ९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार देशभर १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार उपत्यकामा ८ सय ९ जना संक्रमित थपिएका थिए ।

प्रकाशित : मंसिर १६, २०७७ १६:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×