कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरेल एआईजीमा सिफारिस

काठमाडौँ — महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा सिफारिस भएका छन् ।

पोखरेल एआईजीमा सिफारिस

गृह सचिवको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले सोमबार उनको बढुवा सिफारिस गरेको हो । पोखरेल नेपाल प्रहरीका सबैभन्दा वरिष्ठ डीआईजी हुन् ।

एआईजीमा सिफारिससँगै पोखरेल हालका आईजीपी शैलेश थापा क्षत्रीपछि नेतृत्वमा पुग्ने बाटो पनि खुलेको छ ।

गत कात्तिक २७ को मन्त्रिपरिषद् बैठकले एआईजीको एक र डीआईजीमा ५ वटा पद थपेर नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण पारित गरेको थियो ।

प्रकाशित : मंसिर १६, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?