कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जंगी अड्डामा चिनियाँ रक्षामन्त्री (तस्बिरहरु)

काठमाडौँ — नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आएका चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामा गार्ड अफ अनर प्रदान गरेको छ ।

जंगी अड्डामा चिनियाँ रक्षामन्त्री (तस्बिरहरु)

नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालय जंगी अड्डामा चिनियाँ रक्षामन्त्री वेईलाई सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरेको हो । रक्षा मन्त्री वेई चिनियाँ राजदूतावासको कार्यक्रम सकेर सैनिक मुख्यालय पुगेका हुन् ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले वेईले जंगी अड्डाको निरीक्षण गरेको पनि जानकारी दिए ।

त्यस लगतै वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्वीपक्षीय भेटवार्ता गर्ने सैनिक मुख्लायले जनाएको छ ।

दुई जना बीचमा दुई पक्षीय सुरक्षा सहयोग, सहकार्य र अभ्यासहरुको विषयमा कुरा हुने बताइएको छ ।

जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटारमा पुग्ने छन् ।

प्रधाानमन्त्री केपी शर्मा ओलीसँग दुई पक्षीय भेटवार्ता गरेपछि वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कार्यलयबाट सिधै त्रिभुवन विमानस्थलमा पुगेर चिनियाँ रक्षा मन्त्री वेईको नेपालको एक दिने भ्रमण सकिने छ ।


तस्बिरहरुः रासस

प्रकाशित : मंसिर १४, २०७७ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?