कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीआरआईले विभिन्‍न क्षेत्रबीचको सम्पर्क बढाएको छ : कांग्रेस नेतृ कोइराला

लक्ष्मी लम्साल

बेइजिङ — नेपाली कांग्रेस नेतृ एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चीनले अघि सारेको बेल्ट एण्ड रोड (बीआरआई) पहलले विभिन्न क्षेत्रबीचको सम्पर्क स्थापित गर्न सघाएको बताएकी छन् ।

बीआरआईले विभिन्‍न क्षेत्रबीचको सम्पर्क बढाएको छ : कांग्रेस नेतृ कोइराला

पूर्व परराष्ट्रमन्त्री समेत रहेकी नेतृ कोइरालाले नवौं चीन-दक्षिण एसिया अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चमा यस्तो मूल्यांकन गरेकी हुन् । बेल्ट एण्ड रोड प्रस्तावको उच्च मूल्यांकन गर्दै उनले भनिन्, ‘बीआरआईबाट विभिन्न क्षेत्र बीचको सम्पर्क र प्रवर्द्धन भएको छ। यसबाट आर्थिक मौद्रिक मिलन तथा विकासका गतिविधि पनि सक्रिय पारिएको छ ।’

शुक्रबार भिडियो कन्फ्रेन्सको तरिकाबाट आयोजना गरिएको मञ्चको बैठकमा नेपाली कांग्रेस नेतृले बीआरआईका उपलब्धीको प्रशंसा गर्दै यसमा जोडिएर विभिन्‍न क्षेत्र लाभान्वित हुन सक्ने बताएकी चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन् । चिनियाँ जन वैदेशिक मैत्री संघका अध्यक्ष लिन् सोथेन, चिनियाँ जनकांग्रेस युन्नान प्रान्तीय शाखाका उप प्रमुख ली फै,चीनका लागि बंगलादेशी राजदूत महबुब उज जामानसँगै नेतृ कोइरालाले बेग्लाबेग्लै रूपमा कन्फ्रेन्सलाई सम्बोधन गरेका थिए ।

चिनियाँ जन वैदेशिक मैत्री संघ र युन्नान प्रान्त सरकारले संयुक्त रुपमा गरेको नवौं संस्करणको चीन-दक्षिण एशिया अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चको मानवीय थिङ ट्याङ भिडियो कन्फ्रेन्समा चीन तथा दक्षिण एसियाका विद्वानहरू, सञ्चारकर्मीहरू तथा मैत्री संगठनका लगभग २०० जना प्रतिनिधिहरूले भाग लिएका थिए ।

सहभागीहरूले ‘एसियाली सभ्यताको विस्तार गर्दै शान्तिपूर्ण विकासको प्रवर्द्धन’ भन्ने विषयमा केन्द्रित रहेर विचार विमर्श गरेका थिए ।

प्रकाशित : मंसिर १३, २०७७ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?