कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्चारमन्त्रीको सञ्चारविज्ञमा मानन्धर नियुक्त

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सञ्चारविज्ञका रूपमा मन्त्रिपरिषद्ले नियुक्त गरेको पत्र बिहीबार मानन्धरलाई प्रदान गरेका हुन् ।

सञ्चारमन्त्रीको सञ्चारविज्ञमा मानन्धर नियुक्त

पछिल्लो समय कान्तिपुरका दोलखा संवाददाताका रूपमा कार्यरत मानन्धर भीमेश्वर नगरपालिका–१ का स्थायी बासिन्दा हुन् । उनले ‘गोरखापत्र’ र ‘रेडियो नेपाल’ का पनि जिल्ला समाचारदाता भई काम गरिसकेका छन् । उनले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीको सञ्चारविज्ञमा नियुक्त भएपछि मानन्धरले सञ्चार क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र श्रमजिवी पत्रकारका हितमा काम गर्ने बताएका छन् । 'सञ्चारमन्त्री गुरुङले सञ्चार क्षेत्रमा काम गर्नको निम्ती, यस क्षेत्रमा परिवर्तन गर्नको निम्ती, सञ्चार क्षेत्रभित्र भएका समस्या समाधान र श्रमजिवी पत्रकारहरूको हितमा काम गर्नका निम्ती सहयोगीको रूपमा नियुक्ति गर्नुभएको छ,' मानन्धरले भने, 'उहाँलाई प्रेस र सूचनामैत्री सरकार बनाउन र यस क्षेत्रमा देखिएका समग्र समस्या समाधानका निम्ती साथ दिनेछु ।'

कान्तिपुर पब्लिकेसनले मानन्धरलाई सन् २०१५ मा उत्कृष्ट कार्यसम्पादन सम्मान प्रदान गरेको थियो । दोलखा मिडिया प्रालिका अध्यक्षसमेत रहेका उनले अन्तरराष्ट्रिय श्रम सङ्गठन र नेपाल पत्रकार महासङ्घबाट राष्ट्रिय बालश्रम पत्रकारिता सम्मान (२००६) तथा शिक्षा विभाग र पत्रकार महासंघबाट राष्ट्रिय शिक्षा सम्मान (२००७) पनि प्राप्त गरिसकेका छन् ।

प्रकाशित : मंसिर ११, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?