कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वयुवराज अस्वस्थ

चितवन — नारायणगढको एक होटलमा बसिरहेका पूर्वयुवराज पारस शाह अस्वस्थ भएका छन् । शाह मंगलबार राति नारायणगढ आएर एक होटलमा बसेका थिए । 

पूर्वयुवराज अस्वस्थ

बुधबार मध्याह्नतिर बिसन्चो भएको बताएपछि उनको उपचारका लागि होटलमै चिकित्सकहरू पुगेका थिए । चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाबारे बुझेर केही परीक्षणसमेत गर्न लगाएका छन् ।

चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङले पूर्वयुवराज शाह चितवन आएको र छाती दुख्यो भनेपछि चिकित्सकहरूले जाँच गरिरहेको बताए । ‘त्यस्तो ठूलो समस्या रहेको भन्ने छैन । अलिकति असहज अनुभव गरेपछि चिकित्सकहरूले होटलमै गएर हेरेको भन्ने छ,’ एसपी गुरुङले भने ।

शाहको उपचारमा खटिएका एक स्वास्थ्यकर्मीले बुधबार साँझसम्म उनको होटलमै जाँच गरिएको र आवश्यक परे अस्पताल ल्याएर उपचार गरिने बताए ।

प्रकाशित : मंसिर १०, २०७७ २२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?