कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमा खोल्न जसपाको अपिल

अजित तिवारी

जनकपुर — कोरोना महामारीसँगै सिल गरिएको भारतसँग जोडिएको सीमा नाका तत्कालै खोल्न जनता समाजवादी पार्टी(जसपा)का अध्यक्षद्वयले अपिल गरेका छन् । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सीमा नाका तत्काल खुल्ला गरेर व्यवस्थित र सहज बनाउन आग्रह गरिएको छ ।

सीमा खोल्न जसपाको अपिल

ठाकुर र यादवद्वय जारी गरेको संयुक्त विज्ञप्तिमा लामो समयदेखि सीमा नाका बन्द हुँदा तराई–मधेसका जनताको जीवन कष्टकर बनेको उल्लेख गरिएको छ । ‘लम्बिएको सिमानाका बन्दले मुलुकको अर्थतन्त्रलाई धराशायी त बनाएकै छ । सीमा क्षेत्रको बासिन्दा जनजिवन समेत कष्टकर बनेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सीमा बन्दले तराई–मधेसका जनताको कृषि, शिक्षा, स्वास्थ्य उपचार, रोजगार, आर्थिक, समाजिक क्षेत्रमा गम्भीर समस्या देखिएको ठाकुर र यादवले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘जनताको जीवन थप कष्टकर हुन नदिन सरकारले भारतसँग जोडिएको सीमा नाकालाई तत्काल खुल्ला गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

जसपाका अध्यक्षद्वयले सिमानाका बन्द गरिएपनि कोरोना भाइरस संक्रमण रोक्न सरकारको पूर्व तयारी निकै कमजोर रहेको आरोप समेत लगाएका छन् । उनीहरुलें कोरोना संक्रमणलाई अझ फैलिन नदिन योजनावद्ध रुपमा प्रभाकारी ढंगले चिकित्सक तथा स्वास्थ्यकर्मीको जोखिम भत्ताको उपलब्धता, अस्पताल, स्वास्थ्य उपकरण, जनशक्ति र औषधिको उचित र आवश्यक व्यवस्थापन मिलाउन पनि सरकारसंग माग गरेको छ ।

प्रकाशित : मंसिर ९, २०७७ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?