कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस महामन्त्रीको प्रश्‍न- अमेरिकामा चुनाव हुने कांग्रेसको हुन नसक्ने ?

नारायण शर्मा

नवलपरासी — नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अमेरिका र बिहारमा निर्वाचन हुने तर नेपाली कांग्रेसको चुनाव हुन नसक्ने अवस्थाले आफू चकित भएको बताएका छन् ।

कांग्रेस महामन्त्रीको प्रश्‍न- अमेरिकामा चुनाव हुने कांग्रेसको हुन नसक्ने ?

उनले कांग्रेस सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै नेपाली कांग्रेस पार्टीको निर्वाचन सार्ने नेतृत्वको मनसायले पार्टी जीवन समाप्त हुने बताए ।

हरेक निर्वाचनले परिवर्तन दिने चर्चा गर्दै उनले अमेरिका र बिहारमा सम्पन्न आम निर्वाचनले नेपाली कांग्रेसको अधिवेशन समयमै गर्न सकिन्छ भन्ने सन्देश दिएको सुनाए । पार्टी अधिवेशन कुनै बहानामा पनि सार्न नहुने उनले जिकिर गरे ।

कोरोना अस्थायी अस्पताल रजहर (प्राकृतिक चिकित्सालय)मा आयोजित रेडियो मध्यबिन्दु एफएमको १२ औं वार्षिकोत्सव कार्यक्रममा डा. कोइरालाले उक्त कुरा बताएका हुन् । कार्यक्रममा काेइरालाले चिकित्सालयलाई स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरे ।

प्रकाशित : मंसिर ८, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?