कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३३ एसएसपीको सरुवा : काठमाडौंमा अशोक सिंह, ललितपुरमा किरण बज्राचार्य (सूचीसहित)

इकान्तिपुर डेस्क

काठमाडौँ — गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)को सरुवा गरेको छ । शुक्रबार गृहमन्त्रीस्तरको निर्णयबाट विभिन्न स्थानमा कार्यरत एसएसपीको सरुवा गरिएको हो ।

३३ एसएसपीको सरुवा : काठमाडौंमा अशोक सिंह, ललितपुरमा किरण बज्राचार्य (सूचीसहित)

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले शुक्रबार एक सूचना प्रकाशित गरी मंसिर ७ गते देखि लागू हुने गरी एसएसपीहरुको सरुवा गरिएको जनाएको छ ।

गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंहलाई सरुवा गरेको छ । यसअघि उनी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा कार्यरत थिए । यसअघि महानगरीय प्रहरी परिसरमा कार्यरत श्यामलाल ज्ञवालीलाई चाहिँ सिंहको ठाउँमा नक्सालस्थित अपराध नियन्त्रण महाशाखामा पठाइएको छ ।

त्यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरको प्रमुख रहेका एसएसपी टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्यविभाग महाशाखा नक्साल सरुवा गरिएको छ । त्यस्तै महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत किरण बज्राचार्यलाई महानगरी प्रहरी परिसर, ललितपुर सरुवा गरिएको छ ।

त्यसैगरी वाग्मती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा कार्यरत सन्दीप भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामपथका प्रमुख भीमप्रसाद ढकाललाई प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखा नक्सालमा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय तालिम महाशाखा नक्सालमा कार्यरत जनक भट्टराईलाई महानगरीय ट्राफिक महाशाखा रामशाहपथमा सरुवा गरिएको छ ।

त्यस्तै प्रहरी प्रधान कार्यालय यूएन महाशाखामा कार्यरत बीरेन्द्रकुमार बस्याललाई नेपाली राजदूतावास दिल्लीमा सरुवा गरिएको छ । त्यस्तै गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत एसएसपी दिवेश लोहनीलाई प्रहरी प्रधान कार्यालय यूएन महाशाखा नक्साल सरुवा गरिएको छ ।

को कहाँ सरुवा भए ? हेर्नुहोस सूची

प्रकाशित : मंसिर ५, २०७७ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?