कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको घुन्सा र ओलाङचुङगोला भ्रमण स्थगित

आनन्द गौतम

ताप्लेजुङ — प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङका हिमाली गाउँ ओलाङचुङगोला र घुन्सा भ्रमण कार्यक्रम स्थगित भएको छ । 

प्रधानमन्त्रीको घुन्सा र ओलाङचुङगोला भ्रमण स्थगित

प्रधानमन्त्रीले आगामी ५ गते शुक्रबार नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङ र ओलाङचुङगोलाको सीमा सुरक्षा पोस्ट अवलोकन तथा घुन्सा फाउन्डेसनको भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । उनले घुन्साका स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रमसमेत थियो ।

भ्रमण तयारीका लागि सदरमुकाम फुङलिङबाट मंगलबारै ओलीका समर्थक तथा सुरक्षाकर्मीहरू त्यहाँ जाने तयारीमा थिए । फुङलिङ नगरपालिकाप्रमुख छत्रपति प्याकुरेलको अगुवाइमा जान लागेका सयौं कार्यकर्ता ट्याक्सी काउन्टरबाटै फर्किएको यात्राको समन्वय गरिरहेका गोपाल न्यौपानेले बताए ।

प्रधानमन्त्रीको सचिवालयबाट कार्यक्रम स्थगनको मौखिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूको कार्यक्रम आएको थियो,’ उनले भने, ‘मौखिक रूपमा कार्यक्रम स्थगित भएको जानकारी आएको छ ।’

सत्तारूढ नेकपामा बढ्दै गएको विवादका कारण प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भ्रमण स्थगन गरेको हुन सक्ने नेकपाका जिल्ला नेताहरूले बताएका छन् ।


प्रकाशित : मंसिर २, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?