कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्यक्ष ओलीले पार्टी निर्णय अवज्ञा गरेको पाँच नेताको आरोप

बबिता शर्मा

काठमाडौँ — नेकपाको सचिवालयका पाँच सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी निर्णय कार्यान्वयन नगरेर पार्टीभित्र संकट पैदा गरेको आरोप लगाएका छन् । 

अध्यक्ष ओलीले पार्टी निर्णय अवज्ञा गरेको पाँच नेताको आरोप

बैठक माग गर्दै अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले कात्तिक २२ मा ओलीलाई बुझाएको पत्रमा यस्तो आरोप छ । पत्रमा लेखिएको छ, 'स्थायी कमिटीको बैठकका निर्णयहरुलाई अध्यक्षद्वयको हस्ताक्षरबाट पार्टीमा निर्देशनको रुपमा प्रेषित गरिएबाट पार्टीपंक्तिमा उत्साह जागेको थियो । पार्टी र सरकारका सबै कामहरु उक्त निर्देशनअनुरुप गतिका साथ कार्यान्वयन हुनेछन् भन्ने अपेक्षा गरिएको थियो । तर व्यवहारमा त्यस्तो हुन सकेन । यो स्थितिको निम्ति प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली नै जिम्मेवार हुनुहुन्छ । तपाईले पार्टी एकतालाई रक्षा गर्दै पार्टी र सरकारलाई बिचार,नीति तथा विधि ,पध्दतिका आधारमा सञ्चालन गर्ने मर्मका साथ लिइएको पार्टी निर्णयको कार्यान्वयनमा तत्परता प्रदर्शन गर्नुको सट्टा त्यसको अवज्ञा गर्नुभयो । यसले पार्टीमा पुनःसंकट उत्पन्न गरेको छ र आम पार्टी पंत्तिमा गम्भीर चिन्ता छाएको छ ।’

पत्रको पूर्णपाठः


प्रकाशित : कार्तिक २८, २०७७ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?