कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

सबै सञ्‍चारगृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने सञ्‍चारमन्त्रीको प्रतिबद्धता

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्‍चार गृहहरुमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । 

सबै सञ्‍चारगृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने सञ्‍चारमन्त्रीको प्रतिबद्धता

नेपाल पत्रकार महासंघ साना लगानी मिडिया हक हित प्रवर्द्धन तथा संरक्षण समितिका पदाधिकरीहरुसँगको भेटमा मन्त्री गुरुङले यस्तो बताएका हुन् । मन्त्रालयको जिम्मेवारीमा आएदेखि नै सञ्‍चारमाध्यममा देखिएका समस्या र श्रमजीवीहरुका समस्या समाधानका लागि काम गरिरहेको उनको भनाइ थियो ।

मिडिया सञ्चालकहरु न्यूनतम पारिश्रमिक लागू गराउन सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले श्रमजीवीहरुले पनि आचारसंहिताभित्रको आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता रहेको बताए । कोभिड—१९ बाट संक्रमित सञ्‍चारकर्मीहरुको सरकारले नि:शुल्क र प्राथमिकताका साथ उपचार गराउने प्रतिवद्धता पनि उनले जनाए ।

महासंघले कोभिड संक्रमणमा परेका सञ्‍चारकर्मीहरुलाई नि:शुल्क उपचारको व्यवस्था गर्नुपर्ने, जिल्ला हुलाक कार्यालयलाई सक्रिय बनाएर पत्रकार परिचयपत्र प्रदान, नवीकरण, अनलाइन दर्ता र नवीकरणसम्मका व्यवस्था गराउनुपर्ने माग सञ्‍चारमन्त्री गुरुङसमक्ष राखेको छ । विभिन्न सञ्‍चारमाध्यमले निष्कासन गर्ने र बेरोजगार बनाउने हर्कत गर्दै आएकोमा त्यसलाई रोकेर कोभिडले समस्यामा परेका सञ्‍चारगृहलाई पुनर्बहाली र पारिश्रमिक उपलब्ध गराउने वातावरण मिलाउन पहल गर्न पनि माग गरिएको साना लगानी मिडिया हक हित प्रवर्द्धन तथा संरक्षण समितिका संयोजक गोविन्दप्रसाद चौलागाईंले बताए ।

प्रकाशित : कार्तिक २८, २०७७ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?