कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्घाटन नहुँदै रेलमार्गको लिकका क्लिप चोरी भए

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्माण सम्पन्न भएर औपचारिक उद्घाटनको पर्खाइमा रहेको जयनगर–कुर्था रेलमार्गमा रेल्वे लिकमा रहेका क्लिप चोरी हुन थालेको छ ।

उद्घाटन नहुँदै रेलमार्गको लिकका क्लिप चोरी भए

३५ किलोमिटर मार्ग निर्माण सम्पन्न भएपछि नेपाली रेल जनकपुर आइसकेको छ । तर औपचारिक उद्घाटन अझै हुन सकेको छैन ।

धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्मको ६९ किलोमिटर रेल्वे लिकको निर्माण कार्य जारी छ । तर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्नुपर्ने रेल्वे लिकको ‘क्लिप’ गायब हुन थालेका छन् ।

रेल्वे लिकको क्लिप चोरेर कवाडमा बेच्ने गरेको बताइन्छ । एउटा क्लिपमा आधा केजी भन्दा बढी फलाम हुने गरेको र अहिलेसम्म ६ सयभन्दा बढी क्लिप चोरी भएका छन् ।

धनुषाको खजुरीदेखि महिनाथपुरसम्म धेरै क्लिप चोरी भएका छन् । गोठाला आउनेहरूले क्लिप निकालेको हुनसक्ने स्थानीयहरुको भनाइ छ । दुई महिनाअघि नेपाल ल्याइएका एक इन्जिन र चारवटा बोगी रहेको रेलका दुई सेट अहिले सुरक्षित स्थानमा राखिएको छ ।

प्रकाशित : कार्तिक २८, २०७७ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?